close

हुम्लाका सहायक सिडिओ संक्रमित भएपछि कार्यालय सिल

हुम्लाका सहायक सिडिओ संक्रमित भएपछि कार्यालय सिल

Trulli
ADVERTISEMENT

जुम्ला–हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी कोरोना संक्रमित भएपछि जिल्ला प्रशासन कार्यालय एक साताका लागि सिल गरिएको छ । सहायक प्रजिअ दशरथ राईलाई कोरोना संक्रमण भएपछि प्रशासन कार्यालयका सम्पूर्ण काम बन्द गरिएको हो । 

 

कार्यालयमा कार्यरत कर्मचारी तथा सेवाग्राहीबीच नियमित र प्रत्यक्ष सम्पर्क हुने भएकाले एक साताका लागि प्रशासनिक सेवा बन्द गरिएको हो । जनस्वास्थ्य कार्यालय हुम्लाका प्रमुख प्रेम सिंहका अनुसार ३२ जनालाई कोरोना परीक्षण गरिएको थियो ।

 


यसमध्ये १० जनामा संक्रमण देखिएको थियो । १० जना संक्रमितमध्ये अहिले एक जना मात्रै सक्रिय संक्रमित छन् भने ९ जनालाई निको भइसकेको छ । लक्षण देखिएका व्यक्तिको मात्रै कोरोना परीक्षण गर्ने गरिएको उनले बताए ।