close

उदयपुरमा एकै दिन १८ जनामा संक्रमण पुष्टि 

उदयपुरमा एकै दिन १८ जनामा संक्रमण पुष्टि 

Trulli
ADVERTISEMENT

उदयपुर–जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले सोमबार गरेको कोरोना परीक्षणमा १८ जना संक्रमित भेटिएका छन् । ४४ मा एन्टिजेन्ट विधिमार्फत परीक्षण गर्दा १८ जनामा संक्रमण पुष्टि भएको हो । जिल्लामा १२ पुरुष र ६ जना महिला गरी १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या ६ सय ४० जना पुगेको छ ।

 

जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार लिम्चुङबुङ गाउँपालिका र स्वास्थ्य कार्यालयमा परीक्षण गरिएकामा संक्रमण देखिएको छ । लिम्चुङबुङका २ पुरुष र ३ महिला गरी ५ जना र कार्यालयमा परीक्षण भएकामध्ये ८ पुरुष र १ जना महिलाको रिपोर्ट पोजेटिभ आएको हो । जिल्लामा कोरोना मुक्त हुनेको संख्या ३९ पुरुष र १६ महिला गरी ५५ जना रहेका छन् ।

 

स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार हालसम्म जिल्लामा १ हजार १ सय ३९ जनाको एन्टिजेन्ट विधिबाट कोरोना परीक्षण गरिएकोमा ३ सय ६० पुरुष र २ सय ८० जना महिला गरी ६ सय ४० जना संक्रमित भएका हुन् ।