close

२४ घण्टामा साढे पाँच लाख बढीले लगाए कोरोनाविरुद्धको खोप

२४ घण्टामा साढे पाँच लाख बढीले लगाए कोरोनाविरुद्धको खोप

Trulli
ADVERTISEMENT

काठमाडौं– पछिल्लो २४ घण्टामा साढे पाँच लाख बढीले कोरोनाविरुद्धको खोप लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा मुलुकभर पाँच लाख ८८ हजार ४४० जनाले कोरोनाविरुद्धको खोप लगाएको जनाएको छ ।

 

नेपालमा खोप अभियान सुरु भएदेखि अहिलेसम्म कुल तीन करोड ३८ लाख २६ हजार ३३० मात्रा खोप लगाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 

मन्त्रालयका अनुसार मुलुकमा एक करोड ७७ लाख ४० हजार ८३५ जनाले एक मात्रा र एक करोड ५४ लाख ८२ हजार ८७ जनाले पूर्ण मात्रा खोप लगाएका छन् । त्यस्तै, छ लाख तीन हजार ४०८ जनाले अतिरिक्त खोप लगाएका छन् ।

 

यसैगरी, शुक्रबार पाँच लाख १३ हजार ५१ जना र बिहीबार दुई लाख ६६ लाख ५४० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । त्यस्तै, बुधबार आठ लाख १५ हजार ७९६ जनाले कोरोना खोप लगाएको स्वास्थ्य मन्त्रालयलको तथ्याङ्कमा उल्लेख छ ।

 

त्यस्तै, पछिल्लो २४ घण्टामा पाँच हजार २२५ जनाको पीसीआर परीक्षण गर्दा एक हजार १०३ जनामा सङ्क्रमण पुष्टि भएको छ । सोही अवधिमा तीन हजार २८८ जनाको एन्टीजेन परीक्षण गर्दा ६११ जनामा सङ्क्रमण पुष्टि भएको छ भने चार हजार ७७१ जना सङ्क्रमण मुक्त भएका छन् । साथै सोही अवधिमा नौ जना सङ्क्रमितको मृत्यु भएको छ ।