close

नरैनापुरमा कोरोना कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुग्यो

नरैनापुरमा कोरोना कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुग्यो

Trulli
ADVERTISEMENT

बाँके–बाँकेको नरैनापुर गाउँपालिकामा कोरोना संक्रमणका कारण एक व्यक्तिको मृत्यु भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेजबहादुर ओलीका अनुसार शनिबार नरैनापुर वडा नम्बर २ का ५० वर्षीय पुरुषको कोरोना संक्रमणका कारण निधन भएको हो ।

 

१० माघमा कोरोना संक्रमण पुष्टि भई भेरी अस्पतालमा उपचार गराइरहेका उनको बिहान ८ः३० बजे निधन भएको हो । उनले कोरोनाबिरुद्धको खोप लगाएका थिएनन् । नरैनापुरमा कोरोनाबाट मृत्यु भएका उनी छैटौँ व्यक्ति हुन् । बाँकेमै कोरोनाबाट पहिलो मृत्यु ४ जेठ ०७७ मा नरैनापुर वडा नम्बर ५ नयाँ बस्तीका २५ वर्षीय युवाको भएको थियो । गाउँपालिकामा दोस्रो व्यक्तिको ३ असोज ०७७ मा ५९ वर्षका पुरुषको निधन भएको थियो । 

 

तेस्रो मृत्यु १ जेठ ०७८ मा नरैनापुर वडा नम्बर ५ की ५२ वर्षीया महिलाको भएको थियो । चौथो मृत्यु २३ वैशाख ०७८ मा नरैनापुर वडा नम्बर १ का ५६ वर्षीय पुरुषको र पाँचौँ मृत्यु ३० वैशाख ०७८ मा नरैनापुर वडा नम्बर ५ का ५२ वर्षीय पुरुषको भएको ओलीले जानकारी दिए । जिल्लामा कोरोनाबाट कम मृत्यु हुनेमा नरैनापुर दोस्रो स्थानीय तह हो । डुडुवा गाउँपालिकामा सबैभन्दा कम ४ जनाको मात्र मृत्यु भएको छ । 

 

सबैभन्दा बढी नेपालगन्ज उपमहानगरमा १५६ जनाको मृत्यु भएको छ । दोस्रोमा कोहलपुर नगरपालिकामा कोरोनाका कारण बढी मृत्यु भएको छ । कोहलपुरमा ८१ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् । खजुरा गाउँपालिकामा ४४, बैजनाथमा ३५, राप्तीसोनारीमा १४ र जानकीमा ९ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् । योसँगै बाँकेमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३४९ पुगेको छ ।