close

हेटौंडा अस्पतालमा अक्सिजन उत्पादन 

हेटौंडा अस्पतालमा अक्सिजन उत्पादन 

Trulli
ADVERTISEMENT

काठमाडौं– कोरोना संक्रमित बिरामीलाई अस्पतालमा अक्सिजन अभाव हुन नदिन हेटौंडा अस्पतालले अक्सिजन उत्पादन सुरु गरेको छ । अस्पतालले अहिले दैनिक २५० सिलिन्डर उत्पादन क्षमताको प्लान्ट निर्माण गरेको हो । अमेरिकी सरकारको सहयोगमा संघीय स्वास्थ्य मन्त्रालयको ३ करोड रुपैयाँको लागतमा दैनिक १२५ सिलिन्डर अक्सिजन उत्पादन गर्ने प्लान्ट स्थापना गरेपछि प्लान्टबाट उत्पादन सुरु भएको अस्पतालका अध्यक्ष राजेश प्रसाईंले बताए ।   

 

उद्योग संघ मकवानपुरले ११० अक्सिजन सिलिन्डर र हेटौंडा उपमहानगरले दैनिक १५ सिलिन्डर (ठूलो) अक्सिजन उत्पादन गर्ने प्लान्ट स्थापना गरिदिएको अध्यक्ष प्रसाईंको भनाइ छ । अब कोरोनाका बिरामीलाई अक्सिजन अभाव नहुने र हेटौंडाबाहिर रेफर गर्नुपर्ने अवस्था नआउने उनले बताए ।

 

अक्सिजन प्लान्ट जडान गर्न धेरै मिहिनेत गर्नु परेको र अस्पतालमा भन्टिलेटरसहित २० शय्या तयारी अवस्थामा रहेको उनले बताए । हाल अस्पतालमा ९ कोरोनाका बिरामी उपचारत रहेको अस्पतालका सुपरिटेन्डेन्ट डा. रामचन्द्र सापकोटाले जानकारी दिए । मकवानपुरमा हाल कोरोना संक्रमितको संख्या क्रमिक घट्दै गएको छ ।