close

१०९ स्थानीय तहले बुझाएनन् खोपको विवरण

१०९ स्थानीय तहले बुझाएनन् खोपको विवरण

Trulli
ADVERTISEMENT

काठमाडौं– ७ वटै प्रदेशका ७१ जिल्ला तथा ६४४ स्थानीय तहले खोपको विवरण बुझाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले २१ माघसम्म कोभिड खोपको अभिलेख सार्वजनिक गर्ने ७१ जिल्ला तथा ६४४ स्थानीय तहलाई धन्यवाद दिएको छ ।

 

मन्त्रालयले सूचना प्रकाशित गरी बाँकी रहेका ६ जिल्ला तथा १०९ स्थानीय तहलाई समेत खोपको मौज्दात यथाशीघ्र सार्वजनिक गर्न आग्रह गरेको छ । १६ माघको सरकारी निर्णयअनुसार खोप छानबिन समिति गठन गरिएको थियो । समितिको पहिलो बैठकले निर्णयअनुसार कोभिड खोपको मौज्दात र कोभिडे खोप लगाएका सबै व्यक्तिको विवरण अनलाइन प्रणालीमा अनिवार्य सार्वजनिक गर्न आग्रह गरेको थियो ।