close

कोरोना महामारी नियन्त्रणमा झन्डै १० अर्ब स्वाहा

कोरोना महामारी नियन्त्रणमा झन्डै १० अर्ब स्वाहा

Trulli
ADVERTISEMENT

काठमाडौं–अर्थ मन्त्रालयले चालू आर्थिक वर्ष ०७८/७९ को पहिलो ६ महिनामा कोरोना महामारी रोकथामका लागि झन्डै १० अर्ब रुपैयाँ खर्च भएको विवरण सार्वजनिक गरेको छ । अर्थ मन्त्रालको तथ्यांकअनुसार यस अवधिमा ९ अर्ब ६९ करोड २४ लाख रुपैयाँ कोरोना महामारी संक्रमण रोकथाम, नियन्त्रण र उपचारमा खर्च भएको हो ।

 

यसमध्ये संघीय सरकारले सबैभन्दा धेरै ७ अर्ब ७४ करोड ५३ लाख रुपैयाँ खर्च गरेको छ । ७ वटा प्रदेशबाट १ अर्ब ८८ करोड ५ लाख रुपैयाँ खर्च भएको छ । स्थानीय तहबाट ६ करोड ६६ लाख रुपैयाँ खर्च भएको तथ्यांक अर्थ मन्त्रालयले सार्वजनिक गरेको छ ।

 


मन्त्रालयका अनुसार अघिल्लो आर्थिक वर्ष ०७७/७८ मा कोरोना रोकथाममा १३ अर्ब ३१ करोड ४३ लाख रुपैयाँ खर्च भएको थियो । त्यसमा १० अर्ब ७३ करोड रुपैयाँ संघीय सरकारले खर्चेको तथ्यांक छ । सो आवमा प्रदेशले २ अर्ब २८ करोड ४७ लाख र स्थानीय सरकारले २९ करोड ७८ रुपैयाँ खर्च गरेको अर्थ मन्त्रालयको तथ्यांक छ ।