close

चन्दननाथका झन्डै २६ हजारले लगाए कोभिडविरुद्धको खोप 

चन्दननाथका झन्डै २६ हजारले लगाए कोभिडविरुद्धको खोप 

Trulli
ADVERTISEMENT

जुम्ला–जुम्लामा कोभिडविरुद्धको खोप लगाउनु पर्ने जनसंख्या ८१ हजार ४४२ जना रहेका छन् । यसमध्ये पहिलो खोप ८५ प्रतिशत अर्थात् ६९ हजार ३७२, पूर्ण खोप ५६ प्रतिशत अर्थात् ४५ हजार ४८८ जना र बुस्टर खोप ३ प्रतिशत अर्थात् २ हजार ८८ जनाले कोभिडविरुद्धको खोप लगाएका छन् । 

 

चन्दननाथ नगरपालिकाले २५ हजार ९९३ नागरिकलाई कोभिडविरुद्धको खोप लगाएको छ । चन्दननाथ नगरपालिका सदरमुकाम खलंगाभित्र पर्छ । त्यसैले यहाँ जनघनत्व पनि बढी छ । अन्य ७ गाउँपालिकाभन्दा नगरपालिकाले सबैभन्दा बढी कोभिडविरुद्धको खोप लगाएको हो । 

 

कोभिडविरुद्धको प्रथम खोप १३ हजार ९७२, दोस्रो ११ हजार ७९४ र बुस्टर १ हजार २२७ जना गरी २५ हजार ९९३ जनालाई खोप लगाएको चन्दननाथ नगरपालिका स्वास्थ्य शाखा जनस्वास्थ्य निरीक्षक क्षेत्रबहादुर महतले बताए । पातारासी गाउँपालिकामा पहिलो खोप ९ हजार ४६६, पूर्ण खोप ७ हजार ३१५ र बुस्टर १७३ जनाले लगाएको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाले जानकारी दिए ।

 

उनले भने, ‘कनकासुन्दरीमा कोभिडविरुद्धको पहिलो खोप ६ हजार १०७ र पूर्ण खोप ४ हजार ४३६ जनाले लगाएका छन् ।’ सिंजामा पहिलो खोप ५ हजार ३५४ र पूर्ण खोप ४ हजार ७६ जनाले कोभिडविरुद्धको खोप लगाएका छन् । गुठीचौर गाउँपालिकामा पहिलो खोप ७ हजार ५२६, पूर्ण खोप ४ हजार ६५७ र बुस्टर खोप ४०७ जनाले लगाएको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाले जनाएको छ । 

 


तातोपानी गाउँपालिकामा पहिलो खोप ७ हजार ४४१ र पूर्ण खोप ४ हजार ६१६ जनाले कोभिडविरुद्धको खोप लगाएका छन् भने तिलामा पहिलो खोप ५ हजार ९५४ र पूर्ण खोप ३ हजार ५९४ जनाले लगाएका छन् । हिमा गाउँपालिकामा पहिलो खोप ६ हजार १९७ र पूर्ण खोप ४ हजार ६० जना र बुस्टर १७८ जनाले कोभिडविरुद्धको खोप लगाएका छन् ।