close

जुम्लाका ५५ हजार जनसंख्याको स्वास्थ्य बिमा 

जुम्लाका ५५ हजार जनसंख्याको स्वास्थ्य बिमा 

Trulli
ADVERTISEMENT

जुम्ला–राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक प्रतिवेदनअनुसार जुम्लाको जनसंख्या १ लाख १९ हजार ३७७ छ । सरकारको स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत जिल्लामा ५५ हजार ३ सय ५२ जना नागरिकले मात्रै स्वास्थ्य बिमा गरेका छन् । 


शतप्रतिशत जनसंख्याको स्वास्थ्य बिमा गर्ने उद्देश्यले सरकारले स्वास्थ्य बिमा बोर्ड गठन गरी बिमा कार्यक्रम देशभर सञ्चालन गरिरहेको छ । ज्येष्ठ नागरिक लागि निःशुल्क बिमा कार्यक्रममा ४ हजार ३५ जनाको बिमा गरिएको छ । ‘निःशुल्क बिमा कार्यक्रमअन्तर्गत महिला स्वयंसेविका १८०, पूर्ण अपांगता भएका ४५, क्षयरोग टिभी २ र एचआईभी संक्रमित १ जनाले बिमा गरेको स्वास्थ्य बिमा कार्यालय जुम्लाका प्रमुख प्रेम भण्डारीले बताए । 

 


नागरिक समाज जुम्लाका संयोजक राजबहादुर महतका अनुसार सरकारको स्वास्थ्य बिमाप्रति नागरिकले त्यति चासो राखेका छैनन् । उनले भने, ‘स्वास्थ्य बिमाअनुसार स्वास्थ्य संस्थामा औषधोपचार नपाउने भएपछि स्वास्थ्य बीमाप्रति नागरिकको आकर्षण कम भएको हुनुपर्छ । जुम्लामै यो कार्यक्रम सञ्चालन भएको झन्डै ४÷५ वर्ष भयो । सबै नागरिकले स्वास्थ्य बिमा गर्नुपर्ने हो । तर, गरेको देखिन्न ।’