close

काठमाडौंको गोकर्णेश्वरमा भेटियो बर्ड फ्लु 

काठमाडौंको गोकर्णेश्वरमा भेटियो बर्ड फ्लु 

Trulli
ADVERTISEMENT

काठमाडौं–काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नम्बर ३ मा बर्ड फ्लु भेटिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गोकर्णेश्वर नगरपालिका वडा नम्बर ३ को एक फार्ममा पालिएका कुखुराको नमुना परीक्षण गर्दा बर्ड फ्लु पुष्टि भएको हो । 

 


मन्त्रालयका अनुसार चितवनको राप्ती नगरपालिका वडा नम्बर ६ को एक कृषि फर्मका कुखुरामा पनि बर्डफ्लु पुष्टि भइसकेको छ । केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरमा गरिएको परीक्षण बर्ड फ्लु पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले बताए ।

 

प्रभावित क्षेत्रमा बर्ड फ्लुलाई नियन्त्रण गर्ने काम भइरहेको उनको भनाइ छ । ती क्षेत्रमा सतर्कता अपनाउन सह–प्रवक्ता डा.अधिकारीले आग्रह गरे । उनले भने, ‘हाल पुष्टि भएको एपी वान इन्फुलुन्जा पक्षीमा संक्रमण भएको र यसले मानिसलाई पनि संक्रमण गराउन सक्छ ।’