close

सल्यानको बनगाड कुपिण्डेमा निर्माण हुँदै १५ शय्याको अस्पताल

सल्यानको बनगाड कुपिण्डेमा निर्माण हुँदै १५ शय्याको अस्पताल

Trulli
ADVERTISEMENT

सल्यान–सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा सुविधा सम्पन्न १५ शैय्याको अस्पताल निर्माणका लागि स्थानीयले डेढ बिघा जग्गा निःशुल्क दिएका छन् । नगरपालिकाको वडा नम्बर १ अम्राका २३ घरपरिवारले निःशुल्क जग्गा दान गरेका हुन् । जग्गादाता मोतीलाल बुढाले करोडौँ मूल्य बराबरको अन्नबाली लगाउने जग्गा अस्पताल निर्माणका लागि दान दिएको बताए ।

 


संघीय सरकारको एक स्थानीय तह, एक अस्पताल योजनाअन्तर्गत अस्पताल निर्माण गर्न लागिएको नगरपालिकाले जनाएको छ । जग्गा अभाव हुँँदा अस्पताल शिलान्यास भएको दुई वर्षपछि काम अघि बढेको नगरपालिकाका इन्जिनियर महेश देवकोटाले बताए ।

 

उनका अनुसार अस्पताल निर्माणका लागि प्रक्रिया अघि बढेको र १८ करोड रुपैयाँको टेन्डर भइसकेको छ । अस्पताल निर्माणका लागि स्थानीय जग्गाधनीहरू सञ्जय विष्टले ०.८.०.०, रुपसिंह विष्टले ०.३.३.१, हिर्मीकुमारी रानाले ०.१२.२.१, रुद्रवीर विष्टले ०.१०.०.१, रुद्रवीर बुढाले १.१५.२.१, तिलक विष्टले ०.११.१.१, तोलबहादुर कुमालले १.२.२.३, आइती बुढाथोकीले १.११.३..०, गोफलो बस्नेतले ०.५.०.०, मोतीलाल बुढाले ०.५.२.३, झने बस्नेतले ०.१०.१.०, बिमी बुढाले १.०.०.२, केशरी बुढेनीले ०.३.०.२ र गोपाल बुढाले ०.४.०.१ ले जग्गादान गरेका छन् ।

 

यस्तै, डिले बुढाले ०.१२.२.१, भवीन्द्र बुढाले ०.९.१.३, लालबहादुर बुढाले ०.५.२.३, स्वामी बुढाले ०.२.०.१, लोकबहादुर बुढा मतवालाले ०.५.२.०, पूर्णकली बुढाले ०.६.०.२, देवी महतराले १.३.०.१, लालवीर चनारोले ०.११.०.३, तिलकबहादुर बुढाले १.५.०.०, गौरीलाल बुढाले १.५.३.३, प्रेमबहादुर बुढाले ०.१.१.०, भीमा बुढाले ०.८.०.१, भीमबहादुर बुढाले ०९.१.३ र शान्ति बुढा क्षेत्रीले ०.१.०.० सहित जम्मा .१८.५.०.२ जग्गा दान गरेका हुन् । जग्गादाता लालवीर चनारोले घरआँगनमा अस्पताल बन्ने खुसीमा भोगचलन गर्दै आइरहेका जग्गा निःशुल्क उपलब्ध गराएको बताए ।