close

कीर्तिपुर अस्पतालमा बाल चिकित्सा वार्ड निर्माण

कीर्तिपुर अस्पतालमा बाल चिकित्सा वार्ड निर्माण

Trulli
ADVERTISEMENT

काठमाडौं–नेपालका लागि जर्मनीका राजदूत डा.थमस प्रिन्जले कीर्तिपुर अस्पतालमा निर्माण गरिएको बाल चिकित्सा वार्डको उद्घाटन गरेका छन् । नेपाल मेड इभी जर्मनीको सहयोगमा सो वार्ड निर्माणपछि बालबालिकाले सहज रूपमा गुणस्तरीय स्वास्थ्य सेवा पाउनेछन् । 

 

कार्यक्रममा राजदूत प्रिन्जले जर्मन सरकारले विकास सहयोगअन्तर्गत लामो समयदेखि नेपालको ऊर्जा क्षेत्र, स्थानीय सरकारको सबलीकरण तथा स्वास्थ्य क्षेत्रमा सहयोग गर्दै आएको बताए । 

 

बाल चिकित्सालाई सर्वसुलभ बनाउन आवश्यक रहेको उल्लेख गर्दै आगामी दिनमा पनि यस किसिमका सहयोगलाई निरन्तरता दिइने उनको भनाइ छ । नेपाल मेड इभी जर्मनीका अध्यक्ष डा.आर्ने ड्रिउजले संस्थाले नेपालको स्वास्थ्य क्षेत्रमा पूर्वाधार निर्माण, मानव संसाधन विकास र दक्षता अभिवृद्धिमा सहयोग गर्दै आएकामा जनस्तरबाट भएको सहयोगले दुई देशबीचको सम्बन्धलाई अझ फराकिलो बनाउँदै लैजाने बताए ।

 

फेक्ट नेपालका अध्यक्ष डा.भरत प्रधानले जर्मनीमा विभिन्न क्षेत्रमा कार्यरत नागरिकको पहलमा स्थापित नेपालमेड संस्थाले ०७२ भूकम्पपछि नेपालको स्वास्थ्य क्षेत्रमा उल्लेखनीय सहयोग गरेको जानकारी दिए ।


कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जनले नेपाल मेड संस्थाले नागरिक स्तरबाट कीर्तिपुरको स्वास्थ्य, शिक्षाका क्षेत्रमा पु¥याएको सहयोगको प्रशंसा गरे । फेक्ट नेपालका कार्यकारी निर्देशक गौरी प्रधानले स्थानीय सरकारसँगको सहकार्यमा सामुदायिक ढाँचामा सञ्चालन गरिएको कीर्तिपुर अस्पतालले छोटो समयमै विशिष्ट स्वास्थ्य सेवा प्रदान गर्न सक्षम भएको जनाउँदै बाल चिकित्सा वार्ड निर्माणले मातृ तथा नवजात शिशुलाई गुणस्तरीय स्वास्थ्य सेवा पु¥याउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।


अस्पतालका मेडिकल डाइरेक्टर डा.निजिना ताम्राकारले नेपाल मेडको सहयोगमा कार्यान्वयन गरिएका विभिन्न स्वास्थ्य परियोजनाबारे जानकारी दिइन् ।