close

सूर्यविनायकले सञ्चालनमा ल्यायो नगर अस्पताल

सूर्यविनायकले सञ्चालनमा ल्यायो नगर अस्पताल

Trulli
ADVERTISEMENT

भक्तपुर–भक्तपुरको सूर्यविनायक नगर अस्पताल सञ्चालनमा आएको छ । सूर्यविनायक नगरपालिकाले सञ्चालन गर्ने उक्त अस्पताल २५ शय्याको छ । अस्पतालको एमाले अध्यक्ष केपी ओलीले उद्घाटन गरे । 


भक्तपुर इँटा टायल कारखानासँग लिएको २५ रोपनी जग्गामा निर्मित नगर अस्पतालमा आईसीयू, एचडीयू, इमर्जेन्सी सेवा, ओपिडी, जनरल वार्ड, एक्सरेलगायत सेवा रहेको नगर प्रमुख वासुदेव थापाले जानकारी दिए ।


अरनिको राजमार्गसँगै जगातीमा रहेको नगर अस्पताल अक्सिजन प्लान्टसहित सञ्चालनमा आएको हो । सांसद महेश बस्नेतको सांसद विकास कोष, बस्नेतकै पहलमा केन्द्रीय सरकारबाट आएको ७५ लाख र बाँकी सूर्यविनायक नगरपालिकाको बजेट गरी करिब ८ करोड रुपैयाँ लागतमा अस्पताल सञ्चालनमा आएको हो ।


नगरपालिकाले अस्पताल सञ्चालनका लागि टेकु अस्पतालबाट अवकाशप्राप्त विशेषज्ञ डा.सागर राजभण्डारीलाई अस्पतालको निर्देशक बनाएको छ ।