close

प्रादेशिक अस्पतालमा मलंगवामा जोडियो अक्सिजन प्लान्ट 

प्रादेशिक अस्पतालमा मलंगवामा जोडियो अक्सिजन प्लान्ट 

Trulli
ADVERTISEMENT

सर्लाही–सर्लाहीको प्रादेशिक अस्पताल मलंगवा जडान गरिएको अक्सिजन प्लान्ट सञ्चालनमा आएको छ । अक्सिजन प्लान्ट मधेस प्रदेश सरकारको सहयोगमा स्थापना गरिए पनि लामो समयदेखि सञ्चालनमा आएको थिएन ।

 

  
प्लान्टका लागि आवश्यक भौतिक संरचना निर्माण, पाइपलाइन जडान र विद्युत्लगायत व्यवस्थापनका कारण अक्सिजन प्लान्ट सञ्चालनमा ढिलाइ भएको हो ।


प्रदेश सरकारले ५० लाख रुपैयाँमा खरिद गरिदिएको अक्सिजन प्लान्टले दैनिक २० सिलिन्डर बराबर अक्सिजन उत्पादन गरी वितरण गर्न सकिनेछ । सिलिन्डरमा भर्न थप अक्सिजन ट्यांक राख्नुपर्नेछ । मधेस प्रदेशका सामाजिक विकासमन्त्री नवलकिशोर साहले प्लान्ट उद्घाटन गरे ।