close

काभ्रेमा शून्यमा झर्दै कोरोना संक्रमण दर 

काभ्रेमा शून्यमा झर्दै कोरोना संक्रमण दर 

Trulli
ADVERTISEMENT

काभ्रे–काभ्रेका सात स्थानीय तह कोरोना संक्रमणमुक्त भएका छन् । दुई नगरपालिका र पाँच गाउँपालिका कोरोना संक्रमण मुक्त भएपछिको पछिल्लो दुई दिनदेखि थप संक्रमित देखिएका छैनन् ।

 

कोरोना संक्रमणमुक्त हुनेमा नमोबुद्ध र मण्डनदेउपुर नगरपालिका तथा तेमाल, खानीखोला, बेथानचोक, महाभारत र चौंदेउराली गाउँपालिका रहेका छन् । पाँचखाल नगर र भुम्लु गाउँपालिकामा एक÷एक सक्रिय संक्रमित रहेको जिल्लास्थित कोभिड–१९ संक्रमण नियन्त्रण, रोकथाम र उपचार केन्द्र (डिसिसिएमसी) ले जनाएको छ । 

 


केन्द्रका अनुसार पछिल्लो दुई दिनदेखि जिल्लामा थप संक्रमण नपाइएको र बिहीबार १३ जना संक्रमणमुक्त भएका हुन् । जिल्लामा ६ नगरपालिका र सात गाउँपालिका छन् । जिल्लामा हाल १६ सक्रिय संक्रमितमध्ये धुलिखेल नगरमा ६, बनेपामा दुई, पनौतीमा चार र रोशी गाउँपालिकामा चार संक्रमित रहेका छन् । यसअघिका केही दिनसम्म संक्रमण दरभन्दा संक्रमण मुक्तदर अधिक रहेको केन्द्रको तथ्यांकले देखाएको थियो । 


जिल्लामा हालसम्म १७ हजार ५५० मा संक्रमण देखिएकामा १९५ को मृत्यु भएको छ । कोरोना संक्रमणको तेस्रो लहरमा जिल्लामा एक पुरुषको मृत्यु भएको थियो । हालसम्म कुल संक्रमितमध्ये ९८ दशमलव ७९ प्रतिशत अर्थात् १७ हजार ३३९ संक्रमणमुक्त भइसकेका छन् ।