close

मेची अस्पताल २०० शय्यामा स्तरोन्नति हुँदै

मेची अस्पताल २०० शय्यामा स्तरोन्नति हुँदै

Trulli
ADVERTISEMENT

झापा–प्रदेश १ का स्वास्थ्यमन्त्री जयराम यादवले स्वास्थ्य उपकरण सञ्चालनका लागि दक्ष जनशक्ति उपलब्ध गराइने बताएका छन् । स्वास्थ्य मन्त्रालयद्वारा आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले प्रदेशका स्वास्थ्य सस्थामा ५० प्रतिशत दरबन्दी खाली रहेकाले पदपूर्ति गर्ने प्रक्रिया अगाडि बढेको जानकारी दिए ।

 


स्वास्थ्यमन्त्री यादवले स्वास्थ्य क्षेत्रलाई सुदृढ गर्न १०० दिने कार्यक्रम सार्वजनिक गरे । सार्वजनिक गरिएको प्राथमिकतामा प्रादेशिक स्वास्थ्य नीतिको खाका तयार गर्ने, पशुबाट मानिसमा सर्ने रोगको नियन्त्रणका लागि रणनीति तयार गर्ने, स्वास्थ्य बिमा बोर्डको प्रदेश कार्यविधि तयार गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्मा पेसु गर्ने, मेची अस्पताललाई २०० शय्यामा स्तरवृद्धि गर्न आवश्यक तयारी स्वीकृतिका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्मा पेस गर्ने छन् ।

 


यसैगरी प्रादेशिक आयुर्वेद अस्पताल सञ्चालनमा ल्याउन आवश्यक व्यवस्था गर्ने, प्रदेश जनस्वास्थ्य प्रयोगशालाको सेवा आफ्नै भवनबाट सुरु गर्ने, स्थानीय स्वास्थ्य संस्थाको सुदृढीकरणको कार्यक्रम कार्यान्वयन गर्ने, मेची अस्पताल, मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर उर्लाबारी, इनरुवा, अस्पताल र गाईघाट अस्पताललाई आकस्मिक स्वास्थ्य सेवा तथा प्रेषण प्रणाली सुदृढ गर्न एम्बुलेन्स हस्तान्तरण गर्नेछन् ।

 


यसैगरी प्रदेशभरिका स्वास्थ्यकर्मीका रिक्त पदको विवरण संकलन गरी लोकसेवामा पठाउने, कोभिड–१९ उपचार केन्द्रको दीर्घकालीन कार्ययोजना तयार गर्ने, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका लागि जग्गा व्यवस्थालगायतका छन् । उनले अस्पतालमा उपचारार्थ आउने बिरामीलाई ठगी हुने कार्य रोकथामका लागि मन्त्रालयमा समिति गठन गरी विशेष अभियान सञ्चालन गर्ने जानकारी दिए ।