close

भारतमा कोरोना संक्रमितको संख्या बढ्दै

भारतमा कोरोना संक्रमितको संख्या बढ्दै

Trulli
ADVERTISEMENT

काठमाडौं । पछिल्लो २४ घण्टामा भारतमा १० जना कोारेना संक्रमितको निधन भएको छ । सोहि समयमा भारतमा संक्रमिमतको संख्या आठ हजार भन्दा धेरै छ ।

भारतको राजधानी दिल्लीमा संक्रमणका कारण तीन जनाको, महाराष्ट्रमा दुई जनाको र पंजाबमा एक जना र मिजोरममा एक जनाको ज्यान गएको छ । कोरोना प्रभावित राज्यहरु दिल्ली, महाराष्ट्र र केराला छन् ।

भारतमा निरन्तर तेस्रो दिन कोभिड-१९ संक्रमितको संख्या आठ हजारभन्दा माथि छ । शुक्रबार ८ हजार ३२८ जनामा कोरोना संक्रमण पाइएको थियो । यस्तै, शनिबार ८ हजार ५८२ जनामा संक्रमण देखियो । गत २४ घण्टामा संक्रमण पुष्टि हुनेको संख्या केहि कम भएर ८ हजार ८२ छ ।

नेपालमा के छ अवस्था ?

नेपालमा केही दिनयता कोरोनाका कारणा मृत्यु हुनेको संख्या न्यून छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा कुल तीन हजार ४५३ जनामा परीक्षण गर्दा १९ जनामा कोभिड-१९ पुष्टि भएको छ । 

कुल तीन हजार ४५३ जनामा गरिएको परीक्षणमा सो पुष्टि भएको हो ।सो समयमा १२ जना कोरोनामुक्त भएका छन् ।हाल सक्रिय स्रक्रमितको संख्या १०६ रहेको छ ।

शनिबार १७ जनामा संक्रमण पुष्टि भएको थियो । शुक्रबार पनि १७ जनामा नै संक्रमण देखिएको थियो । मन्त्रालयका अनुसार बिहीबार २२ जना संक्रमित थपिएका थिए । बुधबार १६ जना, मंगलबार २८ जना, गत साेमबार २१ जनामा संक्रमण देखिएकाे थियाे ।