close

आजबाट ५ देखि ११ वर्षका बालबालिकालाई कोभिडविरुद्धको खोप दिइँदै

आजबाट ५ देखि ११ वर्षका बालबालिकालाई कोभिडविरुद्धको खोप दिइँदै

Trulli
ADVERTISEMENT

काठमाडौं । आज (बिहीबार)बाट सरकारले ५ देखि ११ वर्षसम्मका बालबालिकालाई कोभिड-१९ विरुद्धको खोप दिँदै छ ।

पहिलो चरणमा देशका २७ जिल्लामा असार ९ देखि १५ गतेसम्म पहिलो मात्रा खोप दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

पहिलो मात्रा खोप लगाएका बालबालिकालाई आगामी साउन २ देखि ८ गतेसम्म दोस्रो मात्रा खोप दिइने मन्त्रालयले जनाएको छ ।

बालबालिकालाई आफू अध्ययनरत विद्यालयमै खोप लगाउने व्यवस्था गरिएको छ ।

देशका बाँकी ५० वटा जिल्लामा भदौ ५ देखि ११ गतेसम्म पहिलो मात्रा र भदौ २७ देखि असोज १ गतेसम्म दोस्रो मात्राको खोप दिने सरकारको तयारी छ ।