close

भक्तपुर र हेटौँडामा पनि भेटिए हैजा संक्रमित

भक्तपुर र हेटौँडामा पनि भेटिए हैजा संक्रमित

Trulli
ADVERTISEMENT

काठमाडौँ । पछिल्लो पटक भक्तपुर र हेटौँडामा समेत हैजाका संक्रमित भेटिएका छन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार भक्तपुरको चाँगुनारायण नगरपालिका–४ दुवाकोट र हेटौँडा उपमहानगरमा हैजाका संक्रमित भेटिएको हो । महाशाखाले दिएको जानकारी अनुसार हैजा संक्रमित दुवै जनाको अस्पतालमा उपचार भइरहेको छ।

दुवाकोटका संक्रमितको टेकु र हेटौँडाको वीरेन्द्र सैनिक अस्पतालमा उपचार भइरहेको छ । हालसम्म २१ जना हैजाका संक्रमित पुष्टि भइसकेका छन् ।

काठमाडौँ उपत्यकामा हालसम्म बागबजार र कालीमाटी, कोटेश्वर, कंलकी (खसीबजार), सानेपा, डिल्लीबजार, कपन, बालाजु (बोहराटार), बल्खु, थानकोट, नैकाप, कीर्तिपुर, कागेश्वरी मनहरा, टेकु र ग्वार्कोमा हैजाका संक्रमित भेटिएका छन्।

काठमाडौँ उपत्यकाका धारा एवं इनारको पानी, ट्यांकरबाट वितरण गरिने पानी र जारको पानीमा इकोलाई र कोलिफर्म देखिएको छ ।