close

घोराही उपमहानगरपालिका पूर्णखोप सुनिश्चित

घोराही उपमहानगरपालिका पूर्णखोप सुनिश्चित

Trulli
ADVERTISEMENT

दाङ । घोराही उपमहानगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ । 

जिल्ला समन्वय समिति प्रमुख नित्यानन्द शर्माको उपस्थितिमा उपमहानगर प्रमुख नरुलाल चौधरीले आज यहाँ आयोजित कार्यक्रममा उक्त उपमहानगरलाई पूर्णखोप सुनिश्चित पालिका घोषणा गरेका हुन् । प्रमुख अतिथि शर्माले सरकारको राष्ट्रिय नीतिअनुसार शिशुलाई गर्भमा हुँदा र जन्मेपछि पनि हरेक खोपको पूर्ण सुनिश्चित गर्दै स्वस्थ नागरिक बनाउने अभियानमा सबै लाग्नुपर्नेमा जोड दिए । पूर्णखोप कार्यक्रम सफल बनाउनु भनेको देशलाई नै स्वस्थ बनाउने काम भएको उहाँको भनाइ थियो । 

स्थानीय सरकारले वडा–वडाका स्वास्थ्य संस्थामार्फत प्रदान गरेको स्वास्थ्य सचेतनाका कारण जिल्लालाई नै पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्नसक्ने गरी अभियान अघि बढेको हुँदा यो समग्र जिल्लावासीको गौरवको विषय भएको समिति प्रमुख  शर्माले बताए । 

स्वास्थ्य कार्यालयका प्रमुख अङ्गदबहादुर शाहीले नागरिकमा स्वास्थ्य सचेतना बढ्दै गएकाले स्वास्थ्यका सूचकमा सुधार हुँदै गएको बताए । खासगरी कोरोना महामारीपछि आमनागरिकमा स्वास्थ्यप्रति चासो बढेको पाइएकाले यस प्रकारका अभियान सफल बनाउन सहज भएको उनको भनाइ थियो । 

उपमहानगरप्रमुख चौधरीले पालिकाका १९ वटै वडा कार्यालयलाई पूर्ण खोप सुनिश्चित गरिएको प्रमाणपत्र प्रदान गर्नुभयो । जिल्ला समन्वय समिति प्रमुख शर्माले उपमहानगरप्रमुख चौधरीलाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा भएको प्रमाणपत्र प्रदान गरे ।