close

थप २२९ जनामा कोरोना पुष्टि

थप २२९ जनामा कोरोना पुष्टि

Trulli
ADVERTISEMENT

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २२९ जना कोरोना सङ्क्रमित थप भएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका  अनुसार कुल ३७१८ नमुना परीक्षण गर्दा  २२९ मा कोरोना पोजेटिभ देखिएको  हो । 

पछिल्लो २४ घण्टामा ३६ जना सङ्क्रमित निको भएका छन् । हाल देशभर १२८४ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका मन्त्रालयले जनाएको छ ।