close

दिक्तेल रुपाकोट बन्यो पूर्ण खोप सुनिश्चित नगरपालिका

दिक्तेल रुपाकोट बन्यो पूर्ण खोप सुनिश्चित नगरपालिका

Trulli
ADVERTISEMENT

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता नगर घोषणा गरिएको छ ।

दुई वर्ष मुनिका सबै बालबच्चाले सबै किसिमका खोप पाएको सुनिश्चित भएपछि नगरपालिकालाई शनिबार पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो । जिल्ला समन्वय समितिको समीक्षालय हलमा जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राईले नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरेका हुन । 

आर्थिक वर्ष २०७८/०७९ मा नगरपालिकामा रहेका १६ महिनादेखि २३ महिना उमेर समूहका सबै ६५१ बालबच्चाले सबै खालका खोपको मात्रा पाएको निश्चित भएपछि नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो । जन्मेदेखि दुई वर्षभित्र हरेक बालबालिकाले बिसिजी, दादुरा–रुबेला, पोलियो, जापनिज इन्सेप्लाइटिस लगायतका १३ रोग विरुद्धको खोपको मात्रा पूर्णरुपमा पाएको आधारमा नगरपालिका पूर्ण खोप सुनिश्चितता पालिका बनेको हो । सामान्यतः १५ महिनामा दादुराको दोस्रो खोप लगाइसकेपछि बच्चाले पूर्ण खोप पाएको मानिन्छ । कार्यक्रममा उपस्थित अतिथि तथा सहभागीले नगरपालिकालाई पूर्ण खोप सुनिश्चितताको दिगोपनाका लागि तन, मन र वचनले प्रतिबद्ध रहेको भन्दै प्रतिबद्धता–पत्रमा सामुहिक हस्ताक्षर गरेका छन् । 

नगर खोप समन्वय समितिको सिफारिसका आधारमा गरिएको ‘र्‍याण्डम’ अनुगमनपछि जिल्ला खोप समन्वय समितिले पूर्ण खोप सुनिश्चितता घोषणाका लागि दिएको अनुमतिका आधारमा नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो । पूर्ण खोप सुनिश्चितता घोषणा कार्यक्रमको अवसरमा स्वास्थ्य चौकी दोर्पा चिउरीडाँडाकी महिला स्वास्थ्य स्वयंसेविका तारादेवी राईलाई नगद १५ हजार सहित उत्कृष्ट स्वयंसेविका पुरस्कार प्रदान गरिएको छ ।