close

लुम्बिनी र राप्ती अस्पतालमा आजदेखि टिकट-बेड निःशुल्क

लुम्बिनी र राप्ती अस्पतालमा आजदेखि टिकट-बेड निःशुल्क

Trulli
ADVERTISEMENT

रुपन्देही । लुम्बिनी प्रादेशिक अस्पताल बुटबल र राप्ती प्रादेशिक अस्पताल दाङमा आजदेखि ओपिडी र इमर्जेन्सीको टिकट तथा बेड निःशुल्क हुने भएको छ ।

लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७९।८० को बजेटमा लुम्बिनी र राप्ती प्रादेशिक अस्पतालमा उपचारका लागि आउने बिरामीलाई ओपिडी र इमर्जेन्सीको टिकट तथा बेडमा शुल्क नलिने घोषणा गरेको थियो । सोही घोषणा अनुसार आज (साउन १ गते)देखि कार्यान्वयनमा आउने भएको हो ।

ओपिडी र बेड निःशुल्क गर्न बजेटमा एक करोड ५० लाख रुपैयाँ बिनियोजन भएको छ । 

लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. इन्द्र ढकालले भने, ‘टिकट शुल्क नलाग्ने भए पनि बिरामीले टिकट काउन्टरबाट टिकट भने लिनुपर्छ ।’ 

स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्री ईन्द्रजीत थारुले प्रदेश सरकारले आर्थिक बर्ष २०७९।८० को बजेटमा लुम्बिनी र राप्ती प्रादेशिक अस्पतालमा उपचारका लागि आउने बिरामीलाई ओपिडी र इमर्जेन्सीको टिकट तथा बेडमा शुल्क नलिने घोषणा गरेको जानकारी दिए ।