close

काठमाडौंमा आजदेखि कोभिडविरुद्धको बुस्टर डोज दिइँदै

काठमाडौंमा आजदेखि कोभिडविरुद्धको बुस्टर डोज दिइँदै

Trulli
ADVERTISEMENT

काठमाडौं । काठमाडौंमा आजदेखि १८ वर्षमाथिका उमेर समूहका व्यक्तिलाई कोभिड-१९ विरुद्धको खोपको बुस्टर डोज दिइँदैछ ।

काठमाडौं जिल्लाका सबै स्वास्थ्य संस्थाबाट कोभिडविरुद्धको कोभिशिल्ड खोपको बुस्टर डोज दिन लागिएको जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ । आजदेखि साउन ६ गतेसम्म बुस्टर डोज दिइनेछ ।

बिहान १० बजेदेखि साँझ ५ बजेसम्म काठमाडौंका सबै स्वास्थ्य संस्थामा खोप कार्यक्रम सञ्चालन गरिने कार्यालयले जनाएको छ । पहिलो र दोस्रो मात्रा खोप लगाएको खोप कार्ड वा विद्युतीय दर्ता गरेको प्रिन्ट कपीसहित खोप लगाउन जान स्वास्थ्य कार्यालयले अनुरोध गरेको छ ।

दोस्रो डोज खोप लगाएको तीन महिना पुगेकाले बुस्टर खोप लगाउन मिल्छ । ज्वरो आइरहेका र अरू कारणले बिरामी भएकालाई खोप नलगाउन चिकित्सकले सुझाव दिएका छन् ।