close

मुगुको कार्मारोङ–३ बाट हेलिकोप्टरमार्फत् सुत्केरीको उद्धार

मुगुको कार्मारोङ–३ बाट हेलिकोप्टरमार्फत् सुत्केरीको उद्धार

Trulli
ADVERTISEMENT

जुम्ला । सुत्केरी महिलालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत् उद्धार गरिएको छ । 

कार्मारोङ गाउँपालिका–३ पाखा मुगुकी २८ वर्षीया मिन्दिक लामालाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाबाट उद्धार गरिएको हो । 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला अस्पतालका निर्देशक डाक्टर राजीव शाहका अनुसार चार दिनअघि सुत्केरी हुन अस्पतालमा आएकी लामाको टाउकोमा रगत जमेको थियो । 

उनले भने, ‘यस्तो अवस्थामा तत्काल न्यूरोको सर्जरी गर्नुपर्ने हुन्छ । न्यूरोसम्बन्धी प्रतिष्ठानमा शल्यक्रिया नहुने भएकाले काठमाडौंमा रिफर गर्नुपरेको हो । बच्चाको अवस्था सामान्य छ । 

राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत् उनलाई नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौंस्थित वीर अस्पतालमा लगिएको सहायक प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले बताइन् । 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा स्थापनापश्चात् जुम्लाबाट राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत् उद्धार गरिएको यो पहिलो घटना हो । नन्दावक्स गण जुम्लाका गणपति रवीन थापाले भने, ‘यसअघि उद्धार गर्नुपरेको थिएन । जटिल केस भएका कारण उद्धार गर्नुपर्ने अवस्था आएको हो ।