close

ललितपुर महानगरका साढे ५ लाखले लगाए  कोरोना विरुद्धको खोप

ललितपुर महानगरका साढे ५ लाखले लगाए  कोरोना विरुद्धको खोप

Trulli
ADVERTISEMENT

ललितपुर । ललितपुर महानगरपालिकामा हालसम्म करिब साढे पाँच लाख स्थानीयले कोरोना विरुद्धको खोप लगाएका छन् । 

महानगरपालिका असार मसान्तसम्म ४ लाख ८१ हजार जनाले कोरोना विरुद्ध खोप लगाइएको छ । महानगरपालिका  स्वास्थ्य निरिक्षक तथा खोप फोकल पर्सन दीर्घ बहादुर बोगटीका अनुसार साउन महिनायता मात्रै ४५ हजारले खोप लगाएका हुन् । उनका अनुसार महानगरले हाल १० दिने र एक महिने गरी दुई वटा कार्यक्रममार्फत् खोप वितरण गर्दै आएको छ । 

बोगटीले १० दिने कार्यक्रम मार्फत बालबालिकालाई बुस्टर डोज र एक महिने कार्यक्रमबाट सबै खालको खोप वितरण गरेको बताए ।  उनका अनुसार महानगरले बालबालिकाका लागि २९ वटा स्थानबाट र ५ वटा सार्वजनिक क्षेत्रबाट खोप कार्यक्रम सञ्चालन गरेको छ । खोप केन्द्रका लागि दैनिक १०० भन्दा बढी कर्मचारी खटाइएको उनले बताए । 

जिल्ला यातायात कार्यालय, जवलाखेल, लगनखेल र मंगलबजारलगायत क्षेत्रमा खोप केन्द्र बनाएर कोभिड विरुद्ध कोभिडसिल्ड र भेरोसेलको सबै डोज वितरण गर्दै आएको उनले पालिका खबरलाई बताए । 

सार्वजनिक क्षेत्रमा साउन १५ गते देखि भदौ १५ गतेसम्म खोप वितरण हुने र शून्यदेखि तेस्रो डोजसम्मको खोप दिइएको उनले जनाएको छ । खोप वितरण गर्दा सामाजिक दूरी कायम, मास्क तथा स्यानीटाइजरको प्रयोग गरी सुरक्षाको मापदण्ड अपनाइएको दाबी उनको छ ।