close

अब जुम्ला अस्पतालमा पनि डायलासिस सेवा

अब जुम्ला अस्पतालमा पनि डायलासिस सेवा

Trulli
ADVERTISEMENT

जुम्ला । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षणमा डायलासिस सेवा सुचारु हुने भएको छ ।

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डायलासिस उपकरण (मेसिन) उपलब्ध गराएपछि डायलासिस सेवा सुचारु हुने भएको हो । 

२०६८ सालमा स्थापना भएको प्रतिष्ठानलाई मन्त्रालयले ६ सेट डायलासिस उपकरण उपलब्ध गराएपछि डायलासिस सेवा सुचारु गर्ने तयारी गरिएको अस्पताल निर्देशक डा. राजीव शाहले पालिकाखबरलाई जानकारी दिए ।

उनले भने- 'अस्पतालमा मिर्गौलाका बिरामी आउने गरेका थिए । तर उपचार तथा डायलासिस गर्ने उपकरण नहुँदा अन्तै रिफर पनि गर्नु परेको थियो । तर अब जुम्ला अस्पतालमै यो समस्या समाधान हुने भएको छ ।'

अस्पतालले आकस्मिक सेवा, बहिरंग सेवा, अन्तरंग सेवा, सल्यक्रिया सेवा, प्रसुति सेवा, डाइगनोस्टिक सेवा, ब्लड बैंक, समुदायमा स्वास्थ्य सेवा, विस्तारित सेवा, एम्बुलेन्स सेवा र टेलिमेडिसिन सेवा दिँदै आएको प्रतिष्ठानले जनाएको छ । 

यस्तै मन्त्रालयले कर्णाली प्रदेशको सुर्खेतस्थित प्रदेश अस्पताललाई पनि डायलासिस उपकरण उपलब्ध गराएको छ । प्रदेश अस्पताललाई ४ सेट उपकरण उपलब्ध गराएको हो ।