close

कुपोषणबाट बचाउन बालबालिकालाई लिटो

कुपोषणबाट बचाउन बालबालिकालाई लिटो

Trulli
ADVERTISEMENT

भक्तपुर । चाँगुनारायण नगरपालिका-८ सुडालले वडाभित्र रहेका बालबालिकालाई लिटोको पीठो वितरण गर्ने भएको छ । 

वडाले महामञ्जु श्री गुम्बासँग सहकार्य गरेर वडाभित्र रहेका बालबालिकालाई लिटो  वितरण गर्न लागेको हो । वडाध्यक्ष जनक खत्रीका अनुसार वडाभित्रका ६ महिनादेखि २ वर्षसम्मका बालबालिकालाई एक केजीका दरले पीठो वितरण गर्न लागेको हो । 

वडाभित्रका करिब २६० जना बालबालिकालाई लिटोको पीठो वितरण गरिने उनले बताए । वडाभित्रका बालबालिकामा कुपोषणबाट बचाउनुका साथै स्वथ्य बनाउनका लागि वडाले उक्त कार्यक्रम गर्न लागेको वडाध्यक्ष खत्रीले पालिका खबरलाई बताए । 

पछिल्लो समय बच्चाको स्याहारमा कमी आएको र विभिन्न रोगको शिकार भएकोले वडाभित्रका बालबालिकालाई पोषणका साथै लिटो खुवाउने बानी बसाल्नका लागि यो कार्यक्रम ल्याइएको उनले बताए । शनिबार बिहान साढे १० बजेदेखि लिटो वितरण गरिनेछ । पीठो लिनका लागि बच्चाको खोप कार्ड अनिवार्य हुनुपर्ने वडाले जनाएको छ ।