close

२४ विद्यार्थी र २ शिक्षकलाई कोरोना संक्रमण

२४ विद्यार्थी र २ शिक्षकलाई कोरोना संक्रमण

Trulli
ADVERTISEMENT

मुगु । मुगुम कार्मारोङ गाउँपालिकाको एक आधारभूत विद्यालयका २४ विद्यार्थी र दुई शिक्षकमा कोरोना संक्रमण देखिएको छ ।

मुगुम कार्मारोङ गाउँपालिका- ३ मा रहेको नेपाल राष्ट्रिय आधारभूत आवासीय विद्यालयका २२ छात्र, २ छात्रा र २ शिक्षकमा कोरोना देखिएको हो । उनीहरूको अवस्था सामान्य रहेको स्वाथ्य शाखा मुगुम कार्मारोङले जनाएको छ । 

गाउँपालिका अध्यक्ष छिरिङ क्याप्ने लामाका अनुसार केही विद्यार्थीहरूमा ज्वरो देखिएपछि परीक्षण गर्दा कोरोना देखिएको थियो । त्यसपछि सम्बन्धित विद्यालयमा नै गयर एन्टिजेन परिक्षण गर्दा २६ जनामा कोरोना देखिएपछि देखिएको हो । 

स्वास्थ्य शाखा सह-संयोजक तथा जनस्वास्थ्य निरिक्षक बलिबहादुर बुढाका अनुसार  उनीहरूलाई विद्यालयकै नवनीर्मित भवनलाई आइसोलेशनको रुपमा प्रयोग गरी त्यही राखिएको छ । उनले पालिका खबरसँग भने,'हिजो नै सबैमा संक्रमण देखिएको थियो । उहाँहरुलाई आइसोलेशनमा राखिएको छ । उहाँहरूको अवजस्था सामान्य छ ।'

गाउँपालिकाका अनुसार कक्षा ८ सम्म पढाइ हुने उक्त आधारभूत विद्यालयमा ३५० जना विद्यार्थीहरू अध्यनरत छन् ।