close

चाँगुनारायणका ४०० बालबालिकालाई लिटो

चाँगुनारायणका ४०० बालबालिकालाई लिटो

Trulli
ADVERTISEMENT

भक्तपुर । चाँगुनारायण नगरपालिका-८ सुडालले २ वर्ष मुनिका बालबालिकालाई लिटोको पीठो वितरण गरेको छ । एक कार्यक्रममार्फत वडाले वडाभित्रका ६ महिनादेखि २ वर्षम मुनिसम्मका बालबालिकालाई लिटोको पीठो वितरण गरेको वडा कार्यालयले जनाएको छ । 

सुडालको महामञ्जुश्री गुम्बाको सहकार्यमा वडाले पीठो वितरण गरेको हो । कार्यक्रममार्फत वडाभित्रका ४०० बालबालिका लाभान्वित भएको बालमैत्री स्थानीय शासनका सहजकर्ता मेनुका थापाले बताइन् । कार्यक्रममामार्फत् वडाका बालबालिकालाई कुपोषण रोगबाट बचाउनु विश्वास उनले व्यक्त गरिन् । 

पछिल्लो समयमा आमाहरु व्यस्त भएकोले बच्चाहरूको राम्रोसँग स्याहार गर्न नपाएकोले बालबालिकाहरू कुपोषणको सिकार हुन पुगेको वडाले जनाएको छ । तर वडाभित्रका बालबालिकालाई कुपोषण रोग नलागेको वडाध्यक्ष जनक खत्रीले बताए । 

उनले लिटोको पीठो खुवाउने बानी बसाल्नुका साथै बालबालिकालाई स्वस्थ बनाउनका लागि सो कार्यक्रम आयोजना गरिएको पालिकाखबरसँग बताए । 

महामञ्जुश्री गुम्बाका आनीले आमाको व्यस्तताले बच्चाहरु बाहिरी खानाको सिकार भएकोले बालबालिकाको लागि आवश्यक पोषण नपुगेको बताइन् । उनले घरमै पाइने खाद्यन्नलाई लिटो बनाएर कसरी खुवाउन सकिन्छ भन्ने जानकारी दिनको लागि पनि उक्त कार्यक्रम आयोजना गरिएको बताइन् ।