close

बुटवल उपमहानगरपालिकामा बालबालिकालाई कोभिड-१९ विरुद्धको खोप लगाउन सुरु

बुटवल उपमहानगरपालिकामा बालबालिकालाई कोभिड-१९ विरुद्धको खोप लगाउन सुरु

Trulli
ADVERTISEMENT

काठमाडौं । बुटवल उपमहानगरपालिकाभित्र बालबालिका लक्षित कोभिड १९ विरुद्धको दोस्रो मात्रा खोप सुरू भएको छ ।

५ वर्ष उमेर पूरा भई १२ वर्ष नपुगेका उमेर समूहका बालबालिकालाई कोभिड-१९ विरुद्धको फाइजर खोपको दोस्रो मात्र लागउन सुरु गरिएको बुटवल उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले जानकारी दिए । 

आइतबारदेखि बुटवलका १०३ वटा विद्यालयमा सुरु भएको खोप कार्यक्रम बुटवलका सामुदायिक र संस्थागत विद्यालय बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म सञ्चालन भइरहेको उनले बताए ।