close

थप ९३४ जनामा कोरोना संक्रमण पुष्टि

थप ९३४ जनामा कोरोना संक्रमण पुष्टि

Trulli
ADVERTISEMENT

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ९३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल  पाँच  हजार ३५१ जनामा गरिएको परीक्षणमा उल्लेखित  संक्रमित पहिचान भएका हुन् । 

योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५ हजार ६८६ पुगेको छ । पछिल्लो २४ घण्टामा ४७० जना संक्रमणमुक्त भएका छन् ।

जसमध्‍ये ५ हजार ५०९ जना होम आइसोलेसनमा रहेका छन् भने १७७ जना संस्थागत आइसोलेसन र ४७ जना आइसियूमा छन् ।  मन्त्रालयका अनुसार  २४ घन्टामा कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।