close

कोरोनाविरुद्धको दोस्रो मात्राको खोप लगाउन महालक्ष्मीको अनुरोध

कोरोनाविरुद्धको दोस्रो मात्राको खोप लगाउन महालक्ष्मीको अनुरोध

Trulli
ADVERTISEMENT

काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिकाले ५ वर्ष देखि ११ वर्ष समूहका बालबालिकालाई कोभिड-१९ विरुद्ध दोस्रो मात्राको खोप लगाउन अनुरोध गरेको छ । 

नगरपालिकाले एक सूचना जारी गर्दै नगरभित्रका बालबालिकालाई खोप लगाउनका लागि अनुरोध गरेको हो । 

सूचनाअनुसार पहिलो मात्राका खोप लगाएको २१ दिन पूरा भएको बालबालिकालाई उक्त खोप लगाइदिनेछ । खोप लगाउने बालबालिकाले आफ्नो नजिकको स्वास्थ्यचौकीमा जान नगरपालिकाले अनुरोध गरेको छ ।

पछिल्लो समय कोरोना संक्रमणको जोखिम बढेकोले भौतिक दूरी कायम गर्नुका साथै सुरक्षाका सावधानी अपनाएर खोप केन्द्रमा पुग्न सूचनामार्फत् पालिकाले अनुरोध गरेको छ ।