close

ललितपुर महानगरले बालबालिकालाई दोस्रो मात्रको खोप लगाउने

ललितपुर महानगरले बालबालिकालाई दोस्रो मात्रको खोप लगाउने

Trulli
ADVERTISEMENT

काठमाडौं  । ललितपुर महानगरपालिकाले बालबालिकालाई कोभिड-१९ विरुद्ध दोस्रो मात्राको खोप लगाउने भएको छ ।

बुधबार एक सूचना जारी गर्दै महानगरले ५ वर्ष देखि १२ वर्ष सम्मका बालबालिकालाई दोस्रो मात्रामा खोप लगाउन आग्रह गरेको हो । 

सूचनाअनुसार कोरोनाविरुद्ध पहिलो मात्राका खोप लगाएको २१ दिन पूरा भएको हुनुपर्ने महनगरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

खोप कार्यक्रम साउन २९ गतेदेखि भाद्र ५ गतेसम्म नगरभित्रका स्वास्थ्य चौकीभित्र सञ्चालन हुनेछ । सार्वजनिक विदामा खोप कार्यक्रम बन्द हुने महानगरले सो समाचारमार्फत जानकारी दिएको छ । 

वडागत रुपमा रहेका विद्यालयमा क्रमश रुपमा खोप कार्यक्रम सञ्चालन हुने सो सूचनामा उल्लेख गरिएको छ । साउन २९ गते वडा नम्बर १ देखि ३ सम्म, ३० गते  वडा नम्बर ४ देखि ७ सम्म, ३१ गते  वडा नम्बर ८ देखि १४ सम्म, भाद्र १ गते वडा नम्बर १५ देखि २१ सम्म, २ गते वडा नम्बर २२ देखि २९ सम्म र ५ गते १ देखि २९ सबै वडामा खोप कार्यक्रम सञ्चालन हुने महानगरपालिकाले जनाएको छ ।