close

क्यानडामा मङ्कीपक्सका बिरामीको सङ्ख्या १००० नाघ्यो

क्यानडामा मङ्कीपक्सका बिरामीको सङ्ख्या १००० नाघ्यो

Trulli
ADVERTISEMENT

काठमाडौं । क्यानडामा मङ्कीपक्सका बिरामीहरूको सङ्ख्या एक हजारभन्दा बढी पुगेको छ । क्यानडाको सार्वजनिक स्वास्थ्यसम्बन्धी निकायले अहिलेसम्म एक हजार आठ जना मङ्कीपक्सका बिरामी भएका हुन् । 

ती मध्ये सबैभन्दा धेरै ओन्तारियोमा देखिएको छ । ओन्तारियोमा अहिलेसम्म ४९७ जनामा मङ्कीपक्स पुष्टि भएको छ । त्यसैगरी क्वेबेसमा ४२५ जना, ब्रिटिक कोलम्बीयामा ८५ जना र अल्बेर्तामा १६ जना मङ्कीपक्सबाट बिरामी भएका छन् । 

मङ्कीपक्सका विरामीहरु दैनिक रुपमा बढ्दै गएकाले प्रदेश अनुसारको सङ्ख्या पनि परिवर्तन हुने मन्त्रालयले जनाएको छ ।