close

थप ४५५ जनामा कोरोना पुष्टि

थप ४५५ जनामा कोरोना पुष्टि

Trulli
ADVERTISEMENT

काठमाडौं । पछिल्लो २४ घण्टामा ४५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल  चार हजार ८२९ मा गरिएको परीक्षणमा उल्लेखित संक्रमित पहिचान भएका हुन् । 

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २ जनाको मृत्यु भएको छ । त्यस्तै, ३०२ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या पाँच हजार ४३५ रहेको छ ।

यस्तै, स्वास्थ्य मन्त्रालयका अनुसार पाँच हजार २४६ जना होम आइसोलेसनमा छन् भने १८९ जना संस्थागत आइसोलेसन र ६५ जना आइसियूमा छन् । 

यस्तै २ जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ । आइतबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ३९ हजार ९४४ पुगेको छ ।