close

चाँगुनारायणमा कोरोनाविरुद्धको खोप कार्यक्रम सञ्चालन

चाँगुनारायणमा कोरोनाविरुद्धको खोप कार्यक्रम सञ्चालन

Trulli
ADVERTISEMENT

काठमाडौं । चाँगुनारायण नगरपालिकाले नगरभित्रका बालबालिकालाई कोराना विरुद्धको खोप लगाउन सुरु भएको छ ।

नगरपालिकाले एक सूचना जारी गर्दै सो जानकारी दिएको हो । 

पालिकाले १७ वर्षभन्दा मुनीका व्यक्तिलाई फाइजर १८ वर्षभन्दा माथिका व्यक्तिलाई भेरोसिलको दोस्रो मात्राको खोप लगाउने जानकारी सो सूचनामार्फत दिएको छ । 

सूचनाअनुसार साउन ३० गतेदेखि भाद्र १ गतेसम्म वडाभित्रका स्वास्थ्य  संस्थामा खोप वितरण भइरहेको छ । 

बिहान ११ बजे दिउँसो ३ बजेसम्म खोप वितरण कार्यक्रम सञ्चालन हुने नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख सत्यकुमार दुवालले बताए । 

उनका अनुसार खोप लगाउनका लागि उमेर खुल्ने परिचयपत्र र पहिले लगाएको खोपको कार्ड लैजानुपर्ने छ ।  अनिवार्य मास्कको प्रयोगका साथै सामाजिक दुरी कायम गर्न पालिकाले सूचनामार्फत अनुरोध गरेको छ ।