close

थप ८५२ जनामा कोरोना संक्रमण पुष्टि

थप ८५२ जनामा कोरोना संक्रमण पुष्टि

Trulli
ADVERTISEMENT

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ८५२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

कुल ६ हजार ८८३ जनाको परीक्षणमा उल्लेखित संक्रमित पहिचान भएका हुन् । 

३ हजार ८७६ जनाको पीसीआर परीक्षण गर्दा ५३१ जना र २ हजार ५०७ जनाको एन्टिजेन परीक्षण गर्दा ३२१ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ ।

योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५ हजार ४६२ पुगेको छ । पछिल्लो २४ घण्टामा ३२८ जना संक्रमणमुक्त भएका छन् ।