close

भरतपुरमा एक सय शय्याको आयुर्वेदिक अस्पताल निर्माण प्रक्रिया प्रारम्भ ​​​​​​

भरतपुरमा एक सय शय्याको आयुर्वेदिक अस्पताल निर्माण प्रक्रिया प्रारम्भ ​​​​​​

Trulli
ADVERTISEMENT

काठमाडौं । भरतपुरमा एक सय शय्याको वैकल्पिक चिकित्सा पद्दतिसहितको आयुर्वेदिक अस्पताल निर्माण प्रक्रिया सुरु भएको छ ।

सरकारको एक प्रदेशमा एउटा सुविधासम्पन्न आयुर्वेद अस्पताल बनाउने नीतिअनुरूप भरतपुर महानगरपालिका–१५ शिवनगरमा सो अस्पताल निर्माण कार्य सुरु भएको हो । स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको बजेटअनुसार यो भवन भरतपुरस्थित सहरी तथा भवन निर्माण आयोजनाले निर्माण गर्दै छ ।

भवनका लागि ५५ करोडको बजेटसहित बहुवर्षीय खरिद गुरुयोजना स्वीकृत भइसकेको छ ।

 कार्यालयले नक्शाङ्कनको काम अघि बढाइसकेको र तीन/चार महिनामा नक्शा बनाएर निर्माणका लागि बोलपत्र आह्वान गरिँदै छ । नेपालमा काठमाडौँको नरदेवीमा एक सय शय्या र सुदूरपश्चिममा ५० शय्याको अस्पताल सञ्चालनमा छन् ।

भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले आयुर्वेदिक अस्पताललाई आवश्यक जग्गा उपलब्ध गराइसकिएको बताइन् ।

‘जिल्लामा अन्य उपचारसँगै आयुर्वेद उपचारमा यो अस्पताल महत्वपूर्ण बन्ने अपेक्षा गरिएको छ’, उनले भनिन्, ‘वैकल्पिक चिकित्सा पद्दतिलाई एउटै छातामुनी सञ्चालन गर्नेगरी अस्पताल निर्माण गर्न लागिएको हो । आयुर्वेद अस्पताल निर्माणका लागि महानगरले पहल गरेको थियो ।’ 

‘सरकारी र निजी स्वास्थ्य संस्था यहाँ स्थापना र प्रवर्द्धनका लागि महानगरपालिकाले भूमिका निर्वाह गर्दै आएको र केही वर्षभित्रै भरतपुर देशभरका बिरामीको उपचारको केन्द्र बन्दै छ ।’ उनले महानगरप्रमुख दाहालले भने ‘भरतपुर अन्य क्षेत्रसँगै स्वास्थ्य पर्यटनको केन्द्र बन्दैछ । यसको व्यवस्थापनका लागि  महानगरले काम गरिरहेको छ ।’