close

थप ६२३ जनामा कोरोना संक्रमण पुष्टि

थप ६२३ जनामा कोरोना संक्रमण पुष्टि

Trulli
ADVERTISEMENT

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ६२३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

कुल ४ हजार ९४५ जनाको परीक्षणमा उल्लेखित संक्रमित पहिचान भएका हुन् । 

१ हजार ६२१ जनाको पीसीआर परीक्षण गर्दा २४६ जना र ३ हजार ३२४ जनाको एन्टिजेन परीक्षण गर्दा ३७७ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ ।

योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५ हजार २५ पुगेको छ । पछिल्लो २४ घण्टामा ४८३ जना संक्रमणमुक्त भएका छन् ।