close

हैजा सङ्क्रमितको संख्या ५९ पुग्यो

हैजा सङ्क्रमितको संख्या ५९ पुग्यो

Trulli
ADVERTISEMENT

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकामा पनि हैजा संक्रमण देखिएको छ । योसँगै नेपालमा हैजा सङ्क्रमितको संख्या ५९ पुगेको छ ।

हालसम्म काठमाडौं उपत्यकाका १३ पालिकासँगै नुवाकोटको ककनी र धादिङको थाँक्रे गाउँपालिकामा हैजा संक्रमण पुष्टि भएको छ । 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार काठमाडौं महानगरपालिकामा सबैभन्दा धेरै २७ जना तथा ललितपुरमा ६ र भक्तपुरमा ३ जनामा हैजा पुष्टि भएको छ ।

हालसम्म परीक्षण गरिएकामा धारा, ट्युबवेल, जारलगायत सबै स्रोतका पानीमा हैजा फैलाउनसक्ने जीवाणु भेटिएकाले पानी उमालेर मात्रै पिउन महाशाखाले अनुरोध गरेको छ ।