close

थप ४८७ जनामा कोरोना पुष्टि

थप ४८७ जनामा कोरोना पुष्टि

Trulli
ADVERTISEMENT

काठमाडौं । नेपालमा थप ४८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा उल्लेखित संक्रमित पहिचान भएका हुन् । 

स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ८०६ जनाको पिसिआर परीक्षण गर्दा २४२ जना र २ हजार ३७१ जनाको एन्टिजेन परीक्षण गर्दा २४५ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ ।

योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ४ हजार २९८ पुगेको छ । पछिल्लो २४ घण्टामा १६४ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै, कोरोनाका कारण थप एक जनाको मृत्यु भएको छ ।