close

कोरोनाका कारण थप ३ जनाको मृत्यु

कोरोनाका कारण थप ३ जनाको मृत्यु

Trulli
ADVERTISEMENT

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४४४ जना कोरोना संक्रमित पहिचान भएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  कुल ४ हजार ९५४ जनामा कोरोना परीक्षण गर्दा उल्लेखित संक्रमित पहिचान भएका हुन् । यस्तै, सोही समयमा कोरोना संक्रमणबाट ३ जनाको मृत्‍यु भएको छ । 

स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ९९६जनाको पीसीआर परीक्षण गर्दा २११ जना र २ हजार ९५८ जनाको एन्टिजेन परीक्षण गर्दा २३३ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ ।

पछिल्लो २४ घण्टामा ३०७ जना संक्रमणमुक्त भएका छन् भने संक्रिय संक्रमितको संख्या ४ हजार १९९ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार ४ हजार २६ जना होम आइसोलेसनमा रहेका छन् भने १७३ जना संस्थागत आइसोलेसन र ५० जना आईसीयूमा छन् ।