close

डेंगु संक्रमणबाट एक जनाको मृत्यु

डेंगु संक्रमणबाट एक जनाको मृत्यु

Trulli
ADVERTISEMENT

कैलाली । डेंगु संक्रमणबाट धनगढी उपमहानगरपालिका-१२ की ३५ वर्षीया गीता शाहीको मृत्यु भएको छ । 

उनको केही समयदेखि निसर्ग अस्पतालमा उपचार भइरहेको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले बताए । 

मंगलबार बिहान उनको मृत्यु भए पनि बुधबार मात्रै डेंगुका कारण मृत्यु भएको खुलेको थियो। पछिल्लो समय कैलालीमा डेंगुको प्रकोप फैलिएको छ।