close

हैजाबाट बच्न पानी उमालेर पिउन चिकित्सकको सुझाव (भिडियो रिपोर्ट)

हैजाबाट बच्न पानी उमालेर पिउन चिकित्सकको सुझाव (भिडियो रिपोर्ट)

Trulli
ADVERTISEMENT

काठमाडौं । वर्षात‍्को पानीले काठमाडौँ लगायत देशका पहाडी क्षेत्रलाई निकै प्रभावित पारिरहेको छ ।

बाढी र पहिरोका कारण पानीको मुहान सफा नहुँदा मानिस दूषित पानी खान बाध्य छन् । जारमा भरेर बजारमा बेच्न तयार पारिएको पानी कति शुद्ध भनी अनुगमन भएको पाइँदैन । त्यही कारण काठमाडौंमा   हैजा फैलिएको छ । 

गत असारदेखि उपत्यकाका विभिन्न स्थानमा हैजा देखा परेको हो । यो क्रम अहिलेसम्म रोकिएको छैन । 

असार महिना मै काठमाडौं उपत्यकाभित्रका विभिन्न स्थानमा हैजाको संक्रमित फेला परेको थियो ।  वर्षायाम सुरु भएसँगै काठमाडौं, भक्तपुर र ललितपुरमा हैजारोग देखिएको हो । हैजा दूषित पानीको सेवनबाट सर्ने रोग हो । 

 

त्यसैले यो रोगले पानीको अभाव हुने मौसममा नै महामारीको रुप लिँदै आएको छ । हैजा महामारी नियन्त्रणका लागि विभिन्न संघसंस्थाले जनचेतना मूलक कार्यक्रमसमेत गर्दै आएका छन् । 

यही क्रममा शहरी वातावरण व्यवस्थापन समाज, ज्यापू समाज र युनिसेफको सहकार्यमा ललितपुरको मंगलबजार र पुल्चोकमा जनचेतना मूलक सांस्कृतिक कार्यक्रम समेत आयोजना गरिएको छ । 

युनिसेफमा आबद्ध अरिनेता मास्के श्रेष्ठले हरेक वर्ष हैजा फैलिन गरेको बताइन् । 

उनले भनिन्, ‘हैजा नियन्त्रणका लागि इनारको सुद्धीकरण, घरघरमा गएर पानी सुद्धीकरण गर्न र बाहिर चर्पी नगर्न सिकाइरहेका छौँ ।’
यस्तै, उनले पिउने गरेको जुनसुकै पानी सुद्धीकरण गरेर पिउन उनले अनुरोध गरिन् ।   

कार्यक्रममा विभिन्न कलाकारले हैजा नियन्त्रणका लागि गीत प्रस्तुत गरेका थिए । समाजले ललितपुर महानरपालिका र बागमती गाउँपालिकामा हैजा नियन्त्रणको विषयमा कार्यक्रम गर्दै आएको जनाएको छ । कार्यक्रममा हैजाबाट बच्नका लागि जनचेतनामूलक कार्यक्रम गर्दै आएको आयोजकको भनाइ छ । 

यस्तै, शहरी वातावरण व्यवस्थापन समाजका कार्यकारी निर्देशक मख्खन महर्जनले हैजा नियन्त्रणका लागि एकमहिने कार्यक्रम सुरु गरिएको बताए । 

हैजा नियन्त्रणका लागि साउन १५ देखि भदौ १५ गतेसम्म जनचेतना कार्यक्रम गरिएको बताउँदै हैजा नियन्त्रणका लागि प्रत्येक वडामा साबुनपानीले हात धुनेलगायत जनचेतना कार्यक्रम गरिएको उनले बताए ।  

 हैजा महामारी पानी जन्यरोग भएकोले प्रशोधित पानीको सेवन गर्न चिकित्सकको सुझाव छ । दूषित पानीको सेवनले यो रोग लाग्ने हुँदा शुद्धीकरण गरेर मात्र पानी पिउनुपर्छ । पानीलाई उमालेर वा मानिसलाई हानी नगर्ने किटनाशक औषधिको प्रयोग गरेर मात्रै पिउनुपर्छ । जारको पानी पिउँदा पनि ध्यान दिनु पर्ने चिकित्सक बताउँछन् । 

हैजा रोकथामका लागि सफा पानी पिउन र पानी उमालेर मात्रै पिउन शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवारोग विषशेज्ञ शेरबहादुर पुनको सुझाव छ ।

हैजा जोसुकैलाई पनि लाग्न सक्छ । त्यसैले यो रोगबाट बच्न आवश्यक सर्तकता अपनाउनु नै राम्रो हो ।