close

सियारीमा १५ शय्याको अस्पतालको शिलान्यास

सियारीमा १५ शय्याको अस्पतालको शिलान्यास

Trulli
ADVERTISEMENT

रुपन्देही । सियारी गाउँपालिका-४ दयानगर छपियामा १५ शय्याको अस्पताल निर्माण हुने भएको छ । 

छपिया स्वास्थ्य चौकीको स्तरोन्नति गर्दै १५ शय्याको अस्पताल निर्माण गर्नका लागि शिलान्यास गरिएको छ । गृहमन्त्री बालकृष्ण खाँणले शिलान्यास गरेका हुन् । 

उक्त अस्पतालको निर्माण २०८१ कार्तिक ७ गतेभित्र सम्पन्न गर्ने गरी १८ करोड १ लाख ७ हजार ४८४ रुपैयामा निर्माण सम्झौता गरिएकोगाउँपालिकाका प्रमुख प्रशाशकिय अधिकृत रोमनाथ न्यौपानेले जानकारी दिए । 

अस्पतालको शिलान्यास गर्दै गृहमन्त्री खाँणले सरकारले शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेको बताएका छन् । मन्त्री खाँणले सरकारले नागरिकको स्वास्थ्यलाई बिषेश ख्याल गर्दै एक पालिका एक अस्पतालको अवधारण ल्याएको बताए । 

सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरेले अस्पतालको निर्माण पछि सियारीबासी नागरिकले गुणस्तरीय स्वास्थ्य सेवा पाउने बताए ।