close

खानीखोला गाउँपालिकालाई एम्बुलेन्स

खानीखोला गाउँपालिकालाई एम्बुलेन्स

Trulli
ADVERTISEMENT

काभ्रे । काभ्रेपलाञ्चोकको डाँडापारिस्थित विकट खानीखोला गाउँपालिकालाई एम्बुलेन्स हस्तान्तरण गरिएको छ ।

रोटरी क्लब अफ धुलिखेलको समन्वय र फेन्दे फाउन्डेशनको सहयोगमा गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङलाई निःशुल्क एम्बुलेन्स हस्तान्तरण गरिएको हो ।

विकट क्षेत्रका नागरिकलाई उपचारमा छिटो, छरितो र सहजता प्रदान गर्न टेवा पुर्‍याउने उद्देश्यले एम्बुलेन्स सहयोग गरेको रोटरी क्लब अफ धुलिखेलका प्रमुख प्रशासक डा. राम लामाले बताए ।

पालिकाको वडा नं २ फलामेटार स्वास्थ्य चौकीमार्फत सञ्चालन गर्ने गरी निःशुल्क एम्बुलेन्स हस्तान्तरण गरिएको उनले बताए ।

गाउँपालिका अध्यक्ष थिङले दुर्गमका नागरिकलाई स्वास्थ्य सेवामा पहुँच पुर्‍याउनका लागि उपहारस्वरुप उपलब्ध गराएको एम्बुलेन्सले धेरै राहत मिल्ने बताए ।