close

सैनामैना नगरपालिकामा कोरोनाविरुद्ध खोप अभियान पुन: सञ्चालन

सैनामैना नगरपालिकामा कोरोनाविरुद्ध खोप अभियान पुन: सञ्चालन

Trulli
ADVERTISEMENT

रुपन्देही । सैनामैना नगरपालिकाले भाद्र ३० गते कोभिड-१९ विरुद्धको खोप लगाउने भएको छ । नगरपालिकाले सूचना जारी गर्दै नगरभित्रका बालबालिका तथा १८ वर्षभन्दा माथिका स्थानीयलाई कोभिड -१९ विरुद्धको खोप लगाउन लागेको हो । 

सूचनाअनुसार ५ देखि ११ वर्षका बालबालिकालाई फाइजर खोप पहिलो र दोस्रो मात्रा र १८ वर्षभन्दा माथिका व्यक्तिका लागि भेरोसिलको पहिलो मात्रा लगाएकालाई भेरोसेलको दोस्रो र थप मात्राको (बुस्टर) खोप दिइने छ । 

खोप कार्यक्रम बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म पर्राहा स्वास्थ्य चौकी मुर्गियामा सञ्चालन हुने नगरपालिकाले जनाएको छ । दोस्रो वा थप मात्राका खोप लगाउने व्यक्तिले अनिवार्य रुपमा खोप कार्ड लैजानु पर्ने सूचनामा उल्लेख गरिएको छ ।