close

संविधान दिवसको अवसर पारेर सिंजा गाउँपालिकामा बर्थिङ सेन्टर सञ्चालन

संविधान दिवसको अवसर पारेर सिंजा गाउँपालिकामा बर्थिङ सेन्टर सञ्चालन

Trulli
ADVERTISEMENT

काठमाडौं ।जुम्लाको सिंजा गाउँपालिका–२ विष्टवाडामा आधारभूत स्वास्थ्य केन्द्रमा प्रसुतिगृह सञ्चालनमा आएको छ । 

संविधान दिवसको अवसरमा बर्थिङ सेन्टर सञ्चालनमा आएको गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिए । 

उनले भने, ‘ असोज ३ गते संविधान दिवसको अवसरमा आधारभुत स्वास्थ्य केन्द्रमा थप सेवा विस्तार गरी प्रसुतिगृह स्थापना गरिएको छ । निकट भविष्यमा ल्याब सेवा विस्तारको पनि तयारी गरिएको छ,’ उनले भने, ‘ल्याब सेवाका लागि आवश्यक दक्ष जनशक्तिका लागि विज्ञापन गरेका छौं, उनले भने, ‘अब यहाँका आमहरूले बर्थिङका लागि अन्यत्र जानुपर्दैन ।’

प्रसुति गृहका लागि आवश्यक दक्ष जनशक्ति एसबिए तालिम प्राप्त दक्ष जनशक्ति एक जना, अहेव दुई जना, अनमी दुई जना र सहयोगी एक जना गरी अहिले ६ जना जनशक्तिको व्यवस्थापन गरिएको अध्यक्ष धितालले बताए ।

गाउँपालिका अध्यक्ष धितालले भने घरमा सुत्केरी नहुने र स्वास्थ्य संस्थामै दक्ष जनशक्तिबाट सुरक्षित सुत्केरी गराउनका लागि यो गाउँपालिकाभित्र पाँच ठाउँबाट प्रसूति सेवा प्रदान गरिएको बताए । स्थानीय तहका प्रसुति गृहमा सुत्केरी हुन नसकेका जटिल केसलाई सुविधासम्पन्न कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पताल जुम्लामा लैजान लागि एम्बुलेन्सको व्यवस्थापन गरिएको उनले बताए ।