close

डेंगुबाट २४ को मृत्यु, बागमती प्रदेशमा मात्र ११ जना

डेंगुबाट २४ को मृत्यु, बागमती प्रदेशमा मात्र ११ जना

Trulli
ADVERTISEMENT

काठमाडौं । बागमती प्रदेशमा डेंगु सङ्क्रमणबाट ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय बागमती प्रदेशको तथ्याङ्क अनुसार उक्त सङ्क्रमणका कारण मकवानपुरसहित अन्य छ जिल्लामा गरी ११ जनाको मृत्यु भएको हो ।

स्वास्थ्य निर्देशनालय बागमती प्रदेशका प्रमुख महेश्वर श्रेष्ठले डेंगुबाट काठमाडौंमा चार, ललितपुरमा दुई , सिन्धुपाल्चोकमा दुई, मकवानपुरका एक , सिन्धुलीमा एक जना र धादिङमा एक जनाको मृत्यु भएको जानकारी दिए । 

यसैगरी प्रदेशमा हालसम्म १३ हजार ३७५ जना डेंगुका बिरामी फेला परेको छ । ती सबैभन्दा धेरै ललितपुर जिल्लामा चार हजार ८७८ मा डेंगुका बिरामी फेला परेका छन् । 

यसैगरी, काठमाडौंमा चार हजार ६७४, मकवानपुरमा एक हजार ८१०, भक्तपुरमा ७१३, चितवनमा ४२९ र धादिङमा ३९९ जना डेंगुको बिरामी फेला परेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।